ताजा समाचार


६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोनाविरुद्धको खोप लगाइने

द रियल समाचार     २०७७ फाल्गुन ५, बुधबार, १७: १८ मा प्रकाशित




काठमाण्डौ । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने निर्णय गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ६० वर्षमाथिका करिब २८ लाख ज्येष्ठ नागरिकलाई सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गरेर ल्याउन लागिएको बताए । कोभ्याक्समार्फत ल्याउन लागिएकोले खोपको अभाव नहुने उनले दाबी गरे ।

उनले चाँडै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूलाई समेत खोप लगाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top