ताजा समाचार


भागरथीको हत्या आरोपमा पक्राउ परेका युवकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

द रियल समाचार     २०७७ फाल्गुन ५, बुधबार, १७: ०६ मा प्रकाशित




काठमाण्डौ । भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका युवकलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथीको हत्या आरोपमा पक्राउ परेका उनी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयका छात्र दिनेश भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको हो ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । भागरथी भट्टको हत्या प्रकरणमा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले आजै दिनेशलाई सार्वजनिक गरेको थियो । पक्राउ परेका भट्टले आफू भागरथीसँग बदला लिन यस्तो गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

भागरथी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिईन् । माघ २१ गते बुधबार विद्यालयबाट घर फर्किरहेको बेला उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा २२ गते साँझ ५ बजे लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top