जनकपुरधाम । महोत्तरीमा १४ वर्षीय बालकले चलाईरहेको ट्रयाक्टरले किच्दा ८ वर्षीय एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बलवा नगरपालिका वडा नम्बर–८ बनौटा बस्ने कैलाश यादवको अन्दाजी ८ वर्षीय छोरा शिवम कुमार यादवको ट्रयाक्टरले किचेर मृत्यु भएको छ ।
आज बिहान सरस्वतीको प्रतिमा सेलाउन १४ वर्षीय बालकले चलाएर लगिरहेको नम्बर खुल्न नसकेको ट्रयाक्टर ब्याक गरेर निकाल्ने क्रममा बालकलाई किच्दा उसको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
ट्रयाक्टरका चालक सोहि ठाउँ बस्ने ध्रुव कुमार महतोका १४ वर्षीय छोरा रहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक सो बालकको नाम समेत खुल्न सकेको छैन् ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया