सप्तरी । सप्तरीमा आफ्नै घरको छतबाट खसेर २ वर्षीय एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–१० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डल रहेको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा अचानक छतबाट लडेर गम्भीर घाइते भएका बालक मण्डललाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया