जनकपुरधाम । चिकित्सकहरुले बिरामी जाँच्ने शुल्क बृद्धि गरेका छन् ।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आज संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सकको बिरामी जाँच शुल्क बृद्धि गरेको हो ।
अब एमडी गरी १० वर्षसम्म अनुभव भएका चिकित्सकले बिरामीलाई जाँच गरेवापतको शुल्क ८ सय २५ रुपैयाँ लिने छन् । त्यस्तै, ५ वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र ५ वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ ।
यो शुल्क आजैदेखि लागू हुने गरी बढाएइको हो ।
प्रतिक्रिया