ताजा समाचार


सिरहामा करेन्ट लागेर १३ वर्षीया एक बालिकाको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन ५, बुधबार, १३: ४४ मा प्रकाशित




सिरहा । सिरहामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको लहान नगरपालिका वडा नम्बर–१७ एकरतिया टोलमा बस्ने ब्रम्हदेव चौधरीकी १३ वर्षीया छोरी अनिषा चौधरी रहेको प्रहरीले जनाएको छ ।

मोटरबाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको सिरहा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top