एजेन्सी । दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
उनले बुधबार इन्स्टाग्राममार्फत यस्तो घोषणा गरेका हुन् ।
प्लेसिसले इन्स्टाग्राममा लेखेका छन्, ‘म आफ्नो निर्णयप्रति स्पष्ट छु । र, जीवनको नयाँ अध्याय सुरु गर्ने यो सही समय हो ।’
प्लेसिसले सन् २०२१ मा भारत तथा २०२२ मा अस्ट्रेलियामा हुने टि–२० विश्वकपमा बढी केन्द्रित हुने उदेश्यले टेस्टबाट सन्यास लिने निर्णय गरेको बताएका छन् ।
उनले दक्षिण अफ्रिकाका लागि ६९ टेस्टमा ४ हजार १ सय ६३ रन प्रहार गरेका छन् । जसमा १० शतक र २१ अर्धशतक सामेल छन् ।
सन् २०२१ मा अस्ट्रेलिया विरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका प्लेसिसले भर्खरै सम्पन्न पाकिस्तान विरुद्धको सिरिजमा अन्तिम टेस्ट खेलका थिए ।
प्रतिक्रिया