काठमाण्डौ । काठमाण्डौमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु भएको छ ।
‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नाराका साथ महासंघको महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमा आजै बन्दसत्र सुरु हुने बताइएको छ ।
बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरी कार्यक्रम सक्ने तयारी रहेको बताइएको छ ।
विधानको हिसाबले महाधिवेशन सकिएको एक महिनाभित्र नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।
तस्बिर : राजेश मिश्र (कोषाध्यक्ष, नेपम)
प्रतिक्रिया