जनकपुरधाम । ट्रकले ठक्कर दिँदा एक हरिणको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगरमा ट्रकले ठक्कर दिँदा हरिणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब साढे ४ बजेको समयमा रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडी ना ६ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा हरिणको मृत्यु भएको बताइएको छ ।
हरिणलाई ठक्कर दिने ट्रक चालक नवलपरासीको देवचुली नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय अनिल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सूर्य थापाले जानकारी दिए ।
रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको क्रममा ट्रकले हरिणलाई ठक्कर दिएको थियो ।
प्रहरीले रामनगरबाट बिहान करिव पौने ७ बजे ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया