हेटौंडा । बागमती प्रदेशको आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गरिएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको लामो समयपछि आज बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
यसअघि माघ १९ गतेका लागि तय भएको बैठक मुख्यमन्त्रीको दवावमा अघिल्लो राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए ।
बैठक स्थगित भएपछि हेटौंडा आइपुगेका सांसदहरु भने आक्रोशित भएका छन् । गत पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो ।
प्रतिक्रिया