काठमाण्डौ । बैतडीकी भागरथी भट्टको हत्या उनी अध्ययनरत विद्यालयको एक विद्यार्थीले नै गरेको खुलेको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययनरत विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सनातन धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्ट रहेको प्रहरीले जनाएको छ । उनलाई बिहान १० बजे सार्वजनिक गरिने बताइएको छ ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले उनलाई सार्वजनिक गर्न लागिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका भट्टले आफू भागरथीसँग बदला लिन यस्तो गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
भागरथी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिईन् । माघ २१ गते बुधबार विद्यालयबाट घर फर्किरहेको बेला उनको बलात्कारपछि हत्या गरिएको अवस्थामा २२ गते साँझ ५ बजे लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र शव फेला परेको थियो ।
प्रतिक्रिया