काठमाण्डौ । नेपाल आयल निगमले एक साता भित्रै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।
निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बृद्धि गरेको छ ।
नयाँ मूल्य सूची अनुसार उपभोक्ताले पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर ९७ एवं हवाई इन्धन प्रतिलिटर ६७ रुपैयाँको किन्नुपर्ने हुन्छ ।
एलपी ग्याँसको मूल्य भने यथावत रहेको छ । ग्यासको मूल्य माघ २८ गते मात्र प्रतिसिलिण्डर १ हजार ३७५ बाट २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ पुगेको थियो । सोहि दिन पेट्रोल, डिजेल र मट्टीतेलको भाउ समेत बढाइएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर घाटा चुलिएकाले मूल्यवृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो । निगमले इण्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा आज मूल्य समायोजन गरिएको जनाएको छ ।
प्रतिक्रिया