जनकपुरधाम । इङ्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारत ३१७ रनले जितेको छ ।
४८२ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड चौथो दिनको लञ्च टाइमअघि नै १६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।
इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले ५, रविचन्द्रन अश्विनले ३ र कुलदीप यादवले २ विकेट लिए ।
भारतले पहिलो पारीमा ३२९ रन बनाउँदा इङ्ल्याण्डको टोली १३४ रनमा अलआउट भएको थियो । यसरी भारतले पहिलो पारीको आधारमा १९५ रनको अग्रता बनाएको थियो । दोस्रो पारीमा भारतले अश्विनको सानदार शतकको मदतमा २८६ रन बनाउँदा इङ्ल्याण्डले ४८२ रनको विशाल लक्ष्य पाएको थियो ।
दोस्रो टेस्ट भारतले जितेसँगै चार खेलको शृङ्खला एक–एकको बराबरीमा पुगेको छ । पहिलो टेस्ट इङ्ल्याण्डले जितेको थियो ।
प्रतिक्रिया