एजेन्सी । भारतको मध्य प्रदेशमा सवारी दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ ।
मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सीधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनमा नेपाली समयानुसार बिहान ७ बजेर ५० मिनेटमा पुलबाट २२ फिट तल वाणसागर परियोजनाको नहरमा खसेको थियो । सडकमा साइड लगाउने क्रममा सो बस पुलबाट तल नहरमा खसेको बताइएको छ ।
प्रदेश सरकार जनसम्पर्क विभागका अनुसार हालसम्म नहरबाट ४५ जनाको शव निकालिएको छ । नहरमा खसेका ७ जना यात्रुहरु भने पौडेर बाँच्न सफल भएका छन् ।
प्रतिक्रिया