ताजा समाचार


अबदेखि कक्षा १० मा समेत भर्ना हुन पाइने

द रियल समाचार     २०७७ फाल्गुन ४, मंगलवार, १६: ०९ मा प्रकाशित




काठमाण्डौ । सरकारले अबदेखि कक्षा १० मा समेत भर्ना हुन पाइने व्यवस्था गरेको छ ।

शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भई रजिष्ट्रेशन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई परीक्षा दिनुपर्ने प्रावधान हटाइएको हो ।

मूल नियमावलीको ८० मा ‘महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनुपरेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने’ व्यवस्था गरिएको हो ।

त्यस्तै उपनियम २ मा रहेका ‘कक्षा दशमा’ भन्ने शब्दहरुको सट्टा ‘कक्षा बाह्रमा’ भन्ने शब्दहरु राखिएका छन् । यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन नपाइने व्यवस्था थियो ।

कोरोना महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top