ताजा समाचार


भागरथी भट्ट हत्याका दोषी नजिक पुगिसक्यौँ : गृहमन्त्री थापा

द रियल समाचार     २०७७ फाल्गुन ४, मंगलवार, १५: ५७ मा प्रकाशित




काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषीनजिक प्रहरी पुगेको बताएका छन् ।

उनले उक्त घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने समेत प्रतिबद्धता पनि जनाएका छन् । गृहमन्त्रालयमा मंगलबार महिला हिंसाका घटना बढेकाले हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा गृहमन्त्रालय आएको प्रतिनिधि मण्डलसँगको भेटमा मन्त्री थापाले उक्त घटनामा सरकार गम्भीर रहेको समेत बताए ।

कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको जानकारी गराउँदै गृहमन्त्री थापाले विगतबाट पाठ सिकेर टुङ्गोमा पु¥याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारी दिए । महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहो¥याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको प्रष्ट्याएका छन् ।

थापाले हिंसा बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको समेत बताए । त्यस क्रममा महिला कानुन व्यवसायीहरुले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका हुन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top