प्युठान । प्युठानमा सरकारविरुद्धको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिएर अश्लील शब्दको प्रयोग गर्दै गालीगलौज गरेको भन्दै प्रहरीले नेपाली काँग्रेसका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका नेता तुनाराम खत्री र सागर जिएम रहेका छन् । उनीहरुले प्रधानमन्त्री विरुद्ध अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जानकारी दिए । उनले पक्राउ परेकाहरुलाई छाडिसकिएको समेत बताए ।
पक्राउ परेका विद्यार्थी नेता खत्रीले भने आफूले अश्लील गाली नगरेको बताए । उनले भने,‘स्वर्गद्वारी नगरपालिका–९ बाट प्रदर्शनमा सहभागी हुन सदरमुकाम आएका थियौं, फर्किने क्रममा गाली गलौज गरेको भन्दै आफूहरुमाथि उजुरी परेको थियो ।’
प्रतिक्रिया