ताजा समाचार


आजबाट एमिकस क्युरीले बहस गर्दै

द रियल समाचार     २०७७ फाल्गुन ४, मंगलवार, १०: २२ मा प्रकाशित




काठमाण्डौ । संसद विघटनको विषयमा आजबाट एमिकस क्युरीले बहस गर्न लागेको छ ।

संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष-विपक्षका वकिलहरुको बहस सकिएपछि एमिकस क्युरीको बहस सुरु हुन लागेको हो ।एमिकस क्युरी अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ ।

राय लिनका लागि गठित एमिकस क्युरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् । उनीहरुले आजबाट आफ्नो राय दिनेछन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ ।

सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top