काठमाण्डौ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशकसहित जसपाका एक नेता ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं रौतहट क्षेत्र न.२ को प्रतिनिधिसभाको विगतको निर्वाचनमा निकटतम प्रत्यासी समेत रहेका किरण साह र नेपाली काँग्रेसका नेता तथा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका हुन् ।
उनीहरुलाई आज प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको नेकपामा प्रवेश गराएका हुन् ।
ओलीले उनीहरुलाई नेकपामा स्वागत गर्दै अगामी दिनको राजनीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया