ताजा समाचार


ओलीले संसद विघटन गरेर संविधानलाई धरापमा पारेको निधिको आरोप

द रियल समाचार     २०७७ फाल्गुन ३, सोमबार, १८: ५० मा प्रकाशित




सप्तरी । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानलाई धरापमा पारेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा नेपाली काँग्रेस सप्तरीले राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै निधिले संविधान जोगाउन दुई विकल्प मात्र रहेको बताए । उनले संसद पुनस्र्थापना भए ठीक नभए चुनाव भएपनि काँग्रेस पछाडि नहट्ने बताए । संसद विघटन सम्बन्धि असंबैधानिक, अलोकतान्त्रिक एवं अधिनायकवादी कदम विरूद्ध सम्पूर्ण नेपाली जनतालाई एकजुट हुन नेता निधिले आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेको आरोप लगाए । उनले भने,‘वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा छ । त्यसैले संसद पुनस्र्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली काँग्रेस तयार हुनुपर्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै नेपाली काँग्रेसको मुख्य एजेण्डा रहेको निधिले बताए । कार्यक्रममा नेपाली काँग्रेसका सप्तरी सभापति दिनेश कुमार यादवले प्रधानमन्त्री ओलीले निरंकुश प्रवृति प्रदर्शन गर्दै संसद् विघटन गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top