काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमविरुद्ध एकीकृत र सशक्त आन्दोलन आवश्यकता रहेको बताएका छन् ।
नेपाली काँग्रेस, नेकपा दाहाल–नेपाल समूह, जनता समाजवादी पार्टी, विभिन्न संघसंगठन, संस्था, नागरिक समाज लगायतले संयुक्त आन्दोलन गर्नुपर्नेमा उनले जोड दिएका छन् । राजावादी बाहेक देशका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, पत्रकार, नागरिक समाज आदिबाट ओलीको संसद विघटन र प्रतिगमनको खतराको विरोधमा संघर्ष भइरहेको केसीले उल्लेख गरेका छन् ।
अर्को प्रसंगमा उनले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याएको आरोप समेत लगाए ।
उनले भने,‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन ।
ओलीले आफ्नो कदमलाई सही ठह¥याउन र आफ्नो पार्टीबाट फुटेकाहरूलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् । अध्यक्ष केसीले प्रधानमन्त्री ओली सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक निकायलाई समेत दवाव दिन लागेको दाबी गरे ।
प्रतिक्रिया