ताजा समाचार


इङ्ल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा भारतद्वारा ४८२ रनको लक्ष्य प्रस्तुत

द रियल समाचार     २०७७ फाल्गुन ३, सोमबार, १७: ०३ मा प्रकाशित




एजेन्सी । इङ्ल्यान्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले ४८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलको तेस्रो दिन आज भारतले आफ्नो दोस्रो पारीमा सबै विकेट गुमाएर २८६ रन जोडे्को हो । यसअघि भारतले पहिलो पारीमा १९५ रनको अग्रता लिएको थियो ।

दोस्रो पारीमा भारतका रविचन्द्रन आश्विनले १०६ रन बनाएका छन् । उनले पाचौँ टेस्ट सतक बनाएका हुन् । भारतले नवौँ विकेट गुमाउँदा आश्विन ७७ रनमा अविजित थिए । यस्तो अवस्थामा आठौँ नम्बरमा ब्याटिङमा आएका आश्विनले संयम र चलाखीपूर्वक ब्याटिङ गरेका थिए । आजको खेलमा मोहम्मद सिराज र आश्विनबीच १० औँ विकेटका लागि ४९ रनको साझेदारी भयो ।

कप्तान विराट कोहलीले ६२ रन जोडे । त्यस्तै, रोहित शर्माले २६, सुबमन जिलले १४, अजिन्क्या रहानेले १०, चेतेश्वर पुजाराले ७ र रिसभ पन्तले ८ रन बनाए । कोहली र आश्विनले सातौँ विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डका मोइन अली र ज्याक लिचले ४/४ विकेट हात पारेका हुन् । भारतले पहिलो पारीमा ३२९ रन जोडेको थियो ।

इङ्ल्यान्डले भने १३४ रन जोड्दा सबै विकेट गुमाएको थियो । पहिलो खेलमा पराजित भएको भारतलाई शृंखला बराबरी गर्न यो खेल जित्नैपर्ने दबाब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top