ताजा समाचार


८ हजार घुससहित नायब सुब्बा पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन ३, सोमबार, १६: ४६ मा प्रकाशित




काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बवरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द ८ लाई हजार घुससहित पक्राउ गरेको हो ।

चन्दमाथि सेवाग्राहीसँग शेयर पूँजी बढाएको प्रमाण पत्र लिनका लागि लेखापढी व्यवसायी रामबाबु दाहालमार्फत घुस लिएको अभियोग लागेको छ । दाहालले चन्दलाई घुस दिईसकेको अवस्थामा विभागको परिसरबाटै दुबै जनालाई नियन्त्रणमा लिईएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top