ताजा समाचार


कोरोना खोपमाथि कुनै शंका नगर्न जनस्वास्थ्यविज्ञको आग्रह

द रियल समाचार     २०७७ फाल्गुन ३, सोमबार, १६: १८ मा प्रकाशित




काठमाण्डौ । कोरोनाविरुद्धको खोपमाथि कुनै शंका नगर्न जनस्वास्थ्यविज्ञहरूले आग्रह गरेका छन् ।

आइतबार स्वास्थ्य पत्रकार मञ्चले काठमाण्डौमा आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा खोप शाखा प्रमुख डा.झलक गौतमले खोप लगाएका मध्ये कसैलाई पनि कुनै समस्या नदेखिएको दाबी गरे । उनले खोपबारे भ्रम नछर्न समेत आग्रह गरे । डा.गौतमले एक व्यक्तिलाई १ डलर लगानी गरे १६ डलर बराबरको फाइदा हुने बताए । कार्यक्रममा खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले यसअघि पहिलो चरणको दोस्रो डोज खोप ४ हप्ताभित्र लगाउने निर्णयलाई सरकारले पुनर्विचार गर्न आग्रह गरे ।

उनले पहिलो खोप लगाएकालाई ८ देखि १२ हप्ताभित्र ‘बुस्टर डोज’ का लागि दोस्रो खोप लगाउने निर्णय गरेको सुनाए । कोभिसिल्ड खोपको दोस्रो मात्र ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९ प्रतिशत मात्र प्रभावकारी हुने र १२ हप्ताको अन्तरमा लगाउँदा ८२ दशमलव ४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको उनले बताए ।

यता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाउँदैमा सुरक्षित नभइने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top