एजेन्सी । अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस) विद्रोही समूहका सात जना लडाकू मारिएका प्रान्तीय सरकारद्धारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रान्तीय राजधानी जलालाबाद शहरको, बाहिरी इलाकामा रहेको घोच्को क्षेत्रमा आइएस आतङ्ककारी लुकेर बसेको आखाडालक्षित भएको सुरक्षा कारबाहीमा एक आत्मघाती बम आक्रमणकारीलगायत आइएसका सात लडाकू मारिएका समाचारमा उल्लेख छ ।
यस कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुले चार वटा आत्मघाती भेस्ट, तीन वटा एके–४७ राइफल र विस्फोटक पदार्थ तथा हाते ग्रेनेडसमेत कब्जा लिएको जनाइएको छ ।
नान्गार्हार प्रान्तको यस भागमा सक्रिय रहेका आइएस लडाकू समूहले भने कारबाहीका बारेमा केही बताएका छैनन् । –सिन्ह्वा
प्रतिक्रिया