काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ ।
आइतबार राती विमानस्थलमा एक्स–रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।
लाइट ल्याउने व्यक्ति राजु लामालाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको उनले बताए । उनले लाइटमा ६ सय ग्राम सुन लुकाइएको जानकारी दिए । घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया