हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष थापाले सर्वोच्च अदालतले संसद विघटनको निर्णय सदर गरे युद्धस्तरमा निर्वाचनको तयारीमा लाग्न आफ्ना दलका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
थापाले भने,‘पार्टीले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्छ । मुलुकको स्वाधीनता जोगाउन राजा सहितको प्रजातन्त्र आवश्यक छ ।’
कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यभिचार र मनपरितन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको धारणा राखे ।
कार्यक्रममा राप्रपाका नेताहरु राजाराम बर्तौला, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, इन्दिरा न्यौपाने र मिठेबहादुर कार्की लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया