ताजा समाचार


अफगानिस्तान र इरानको सिमानामा इन्धन ट्यांकर विस्फोट, ५ सय गाडीमा आगलागी

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १८: १९ मा प्रकाशित




एजेन्सी । अफगानिस्तान र इरानको सिमानामा इन्धन ट्यांकर विस्फोट हुँदा ५ सय गाडीमा आगलागी भएको छ । अफगानिस्तानको टोलो न्युज एजेन्सीका अनुसार शनिबार मध्यान्ह् एउटा इन्धन ट्यांकर विस्फोट भएको थियो ।

त्यस लगत्तै उक्त ट्यांकरको आगोको झिल्काहरु छरपस्ट भएका थिए । सो क्रममा ५ सय वटा गाडीमा आगलागी भएको बताइएको छ ।
अफगानिस्नातको हेरत प्रान्तको भन्सार कार्यालयमा राखिएको इन्धन ट्यांकर विस्फोट भएको हो ।

यस घटनामा १७ जना घाइते भएका छन् । हाल उनीहरु सबैको हेरत क्षेत्रीय अस्पतालको इस्लाम कला क्लिनिकमा उपचार भइरहेको छ ।प्रत्यक्षदर्शीहरुका अनुसार इन्धन ट्यांकर विस्फोट भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको थियो ।
–सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top