ताजा समाचार


नगरसभाको माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा ३ कर्मचारी पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १७: ५२ मा प्रकाशित




बारा । बाराको सिम्रौनगढ नगरपालिकाका मेयरसँग मिलेर माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले ३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सिम्रौनढ नगरपालिकाको गत असार २६ गते भएको नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गराएर नगरप्रमुख विजयशंकर यादवलाई सघाएको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले नगरपालिकाको योजना शाखाका कर्मचारी जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको थियो भने प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जयसवाल आइतबार स्वयं हाजिर भएका छन् ।

नगरप्रमुख यादव किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरेपछि उपप्रमुख रिमा देवीको नेतृत्वमा नगर कार्यपालिकाका १७ जना सदस्यहरुले जिल्ला अदालत बारामा मुद्दा दिएका थिए । मुद्दा परेपछि नगरप्रमुख यादव हाजिर भएर तारिखमा छुटेको उपप्रमुख यादवले जानकारी दिइन् ।
उनले भनिन्,‘नगरप्रमुखले नगरसभामा मनोमानी गरेपछि हामीले बिरोध गर्यौँ, बिरोधपछि उनले कर्मचारीहरुसँग मिलेर किर्ते हस्ताक्षर गराई नगरसभा सम्पन्न गरे । किर्ते हस्ताक्षर गरेर नगरसभा सम्पन्न भएपछि हामी अदालत समक्ष पुग्यौँ ।’

मुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

तस्बिर : मोहन लाल पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top