ताजा समाचार


स्रोत नखुलेको १ लाख ९० हजारसहित ४ कर्मचारी पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १७: २१ मा प्रकाशित




जनकपुरधाम । स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँ सहित सडक पूर्वाधार विकास कार्यालय रोल्पाका ४ जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर रहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य सुरु गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top