एजेन्सी । जापानमा गएको भूकम्पपश्चात आइतबारदेखि रेलसेवा बन्द गरिएको छ ।
शनिबार गएको ७.३ म्याग्निच्युडको भूकम्प पश्चात त्यहाँको उत्तरपूर्वी क्षेत्रमा आजदेखि रेलसेवा बन्द गरिएको हो । ट्रयाकमा विभिन्न क्षति पुगेपछि उत्तरपूर्वी क्षेत्रमा बुलेट ट्रेनसेवा आइतबारबाट बन्द गरिएको छ ।
यता, भूगर्भविद्हरुले भने यो भूकम्प सन् २०११ मा गएको विनाशकारी भूकम्पको पराकम्प भएको बताएका छन् । २०११ मा ९ म्याग्निच्युडको भूकम्पपछि आएको सुनामीले १६ हजारभन्दा धेरैको मृत्यु भइ ठूलो क्षति पु¥याएको थियो । जापान भूकम्पीय जोखिमको क्षेत्र भएकाले पनि त्यहाँ भूकम्पलाई सामान्य मानिन्छ । विश्वभर जाने ६ म्याग्निच्युडमाथिका २० प्रतिशत भूकम्प जापानमै जाने गरेको छ ।
अमेरिकी एजेन्सी युएसजीएसका अनुसार फुकुशिमा नजिकै प्रशान्त महासागरमा पृथ्वीको सतहबाट किलोमिटर तल यसको केन्द्र रहेको थियो । सन् २०११ मा फुकुशिमामा आएको भयङ्कर भूकम्पका कारण सुनामी आएको थियो । त्यस घटनामा १८ हजार भन्दा बढी मानिस मारिएका थिए ।
प्रतिक्रिया