सर्लाही । सर्लाहीमा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा सोही नगरपालिका–६ बस्ने ३५ वर्षीय सञ्जीव कार्कीको मृत्यु भएको हो ।
आइतबार बिहान लालबन्दीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २११८ नम्बरको ट्रकले बा १० प ५०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कार्कीको लालबन्दीस्थित टेक्सास अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
ठक्कर दिएर फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया