ताजा समाचार


मध्यावधि निर्वाचन : उम्मेदवारले हेलिकप्टर चढेर चूनाव प्रचार प्रसार गर्न पाउने

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १५: २२ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने मध्यावधि निर्वाचनका लागि आचारसंहिता तयार पारेको छ ।

चारसंहिताको बिषयमा छलफल गर्न आयोगले आज १४ वटा राजनीतिक दलसँग छलफल समेत गरेको हो । छलफलका क्रममा आयोगले उम्मेदवारलाई हेलिकोप्टर चार्टर्ड गरेर चूनावको प्रचार प्रसार गर्न पाउने गरी आचारसंहिता तयार पारिएको जानकारी दिएको छ ।

आचारसंहितामा निर्वाचन प्रचारका लागि हेलिकोप्टर चार्टर्ड गर्न पाइने व्यवस्था गरिएको बताइएको छ । आयोगले उम्मेदवारका लागि हेलिकप्टर चार्टर्ड सुविधा दिन लागेको नेकपा दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेलले बताए । उनले भने, ’प्रचार सामग्री नियन्त्रण, खर्च व्यवस्था नियन्त्रण गर्न खोजिएको छ । तर यो पटक पनि हेलिकोप्टर चढेर चुनाव प्रचार गर्न पाउने व्यवस्था गरिएको रहेछ ।’

निर्वाचन आयोगले यस पटक आचारसंहिता उल्लंघन भएमा १ लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेजीसम्मको व्यवस्था गरेको छ । त्यस्तै ५ लाख रुपैयाँभन्दा बढी चन्दा लिनुपरे बैंक वा वित्तीय संस्था उपयोग गर्नुपर्ने नियम बनाइएको छ ।

उम्मेदवारले हेलिकोप्टर चढेर निर्वाचनको प्रचारप्रसार गरेपछि अघिल्लो निर्वाचनमा विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top