ताजा समाचार


विद्युत प्राधिकरणमा शाक्यले गरे पदभार ग्रहण

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, १३: ०२ मा प्रकाशित




काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

माघ २६ गते बसेको मन्त्रीपरिषदको बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनले आज एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । उनले ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते अवकास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top