एजेन्सी । स्पानिस ला लिगामा बार्सिलोनाले अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा कप्तान लिओनल मेसीको दुई गोलको मद्दतले बार्सिलोनाले अलाभेजलाई ५-१ गोल अनातरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे ।
अलाेभेजका तर्फबाट लुइसले एक गोल मात्र फर्काए । जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको हो ।
एक खेल कम खेलेको एट्लेटिको ५४ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया