एजेन्सी । भारतमा तीर्थयात्री सवार बस दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ ।
भारतको आन्ध्र प्रदेशमा तीर्थयात्री सवार बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जनाको मृत्यु हुनुका साथै ४ जना गम्भीर घाइते भएका छन् ।
कर्नुल जिल्लाको मदरपुर गाउँमा आज बिहान करिव ४ बजेको समयमा भएको सो दुर्घटनामा ८ जना महिला, चालकसहित ५ जना पुरुष र एक बच्चाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
बस अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको कर्नुल प्रहरीले जनाएको छ ।
बसमा सवार १८ मध्ये ४ जना बच्चा बाँच्न सफल भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया