ताजा समाचार


भारतमा कोरोनाविरुद्धको खोप लगाएका थप ३ को मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन २, आईतवार, ११: १७ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरु मध्ये थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार भारतमा कोरोना खोप लगाएकाहरु मध्ये पछिल्लो पटक थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु मध्य प्रदेशका ३५ वर्षीय, राजस्थानका ३८ वर्षीय र हरियाणाका ५८ वर्षीय व्यक्ति हुन् । उनीहरुले करिब ८–९ दिन अघि नै खोप लगाएको बताइएको छ ।

यसअघि भारतमा कोरोना खोप लगाएका २४ जनाले ज्यान गुमाएका थिए। योसँगै खोप लगाएर ज्यान गुमाउनेको संख्या २७ पुगेको छ ।

यता,स्वास्थ्य मन्त्रालयले मृतक मध्ये २५ जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र उनीहरुको मृत्युको फरक–फरक कारण देखिएको जनाएको छ ।

उनीहरुको मृत्यु खोप लगाएर नभई अन्य कारणले भएको मन्त्रालयले जनाएको छ । मृतक मध्ये २ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top