काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी आचारसंहिताबारे आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलका लागि आयोगले बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगले आगामी बैशाख १७ र २७ गते हुने भनिएको निर्वाचन सम्बन्धी आचारसंहिताको मस्यौदा समेत बनाइसकेको र आज सोहि मस्यौदाबारे दलहरूसँग छलफल गर्न लागिएको प्रवक्ता श्रेष्ठले बताए ।
आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरुलाई छलफलका लागि बोलाएको हो ।
प्रतिक्रिया