काठमाण्डौ । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको छ ।
केन्द्रिय संघर्ष समितिले आज दिउँसो २ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित संसद विघटन गरेको भन्दै संसद पुनर्स्थापनाका लागि नेकपाको दाहाल- नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरु निरन्तर आन्दोलनमा छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई गैरसंबैधानिक भन्दै पूर्वप्रधानन्यायाधीश, वरिष्ठ कानूनविद्, संविधानविद्, वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषकसहित नागरिक अगुवाहरुले पनि विरोध जनाइरहेका छन् ।
यसैगरी प्रतिबन्धित विप्लव समूह, महोन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहूतिको नेतृत्वमा रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले रणनैतिक मोर्चा बनाएर सरकारको गलत कदमविरुद्ध संघर्षमा उत्रिएका छन् ।
प्रतिक्रिया