ताजा समाचार


जापानमा ७.१ म्याग्निच्यूडकाे शक्तिशाली भूकम्प

द रियल समाचार     २०७७ फाल्गुन १, शनिबार, २२: ०४ मा प्रकाशित




एजेन्सी । जापानको पूर्वी समुद्री तटमा शनिबार ७.१ म्याग्निच्यूडकाे शक्तिशाली भूकम्प गएको छ।

भूकम्पकाे कम्पन महसुस भएपनि अहिलेसम्म सुनामीकाे चेतावनी भने जारी गरिएको छैन ।

एएफपी समाचार एजेन्सीका अनुसार अमेरिका र जापानी प्रशासनले सुनामीकाे चेतावनी जारी गरेका छैनन्।

अमेरिकी एजेन्सी युएसजीएसका अनुसार फुकुशिमा नजिकै प्रशान्त महासागरमा पृथ्वीकाे सतहबाट किलाेमिटर तल यसको केन्द्र रहेको छ।

सन् २०११ मा फुकुशिमामा आएकाे भयङ्कर भूकम्पका कारण सुनामी आएको थियाे। यस घटनामा १८ हजार भन्दा धेरै मानिस मारिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top