ताजा समाचार


राष्ट्रिय महिला लिग अन्तर्गत शनिबारको खेलमा विराटनगर विजयी

द रियल समाचार     २०७७ फाल्गुन १, शनिबार, १७: ५५ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत शनिबार भएको खेलमा विराटनगर महानगरपालिकाले चौथो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा विराटनगर महानगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराएको हो ।

विराटनगरका लागि दुवै गोल पार्वती घलेले गरिन् भने चौदण्डीका लागि मनिता तामाङले एक मात्र गर्न सफल भईन् । खेलको शुरुवाती अग्रता भने चौदण्डीले लिएको थियो । उसका लागि खेलको ७ औँ मिनेटमा मनिताले गोल गरेकी थिइन् । त्यसपछि १५औँ मिनेटमा पार्वती गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा विराटनगरले एक गोल थप्यो । खेलको ८५ औँ मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो गोल गरेपछि विराटनगरले २–१ को रोमाञ्चक जित दर्ता गरेको हो ।

यो जितसँगै विराटनगरले १० खेलबाट १३ अंक जोडेको छ भने चौदण्डी अहिलेसम्म अंकविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top