ताजा समाचार


जनसमर्थन हेर्न बुटवल आउनुस् : ओली (भिडियो सहित)

द रियल समाचार     २०७७ फाल्गुन १, शनिबार, १६: २७ मा प्रकाशित




बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले जनसमर्थन कस्तो हुन्छ त्यो हेर्न बुटवल आउन प्रचण्डलाई आग्रह गरेका छन् ।

उनले भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’

२८ माघमा काठमाडौंमा भएको जनसभामा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष ओलीलाई आमसभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।

संसद विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ त्यो २३ गते देखाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top