ताजा समाचार


महिला हिंसामा संलग्नको पहिचान एवं कारबाहीको माग गर्दै प्रदर्शन

द रियल समाचार     २०७७ फाल्गुन १, शनिबार, १६: १४ मा प्रकाशित




काठमाण्डौ । महिला हिंसामा संलग्नहरुको पहिचान एवं कारबाहीको माग गर्दै युवायुवतीहरु प्रदर्शनमा उत्रिएका छन् ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रदर्शनमा उत्रिएका युवतीहरूले बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्न र पीडितलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन् ।

उनीहरुले दोषीलाई कारबाही र पीडितलाई न्याय एवं बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा गरेका छन् । प्रदर्शनमा सहभागीहरुले केही बेर धर्ना समेत दिएका थिए ।

उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नारा समेत लगाएका थिए ।

सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतीकात्मक रुपमा विरोध प्रदर्शन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरू थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top