ताजा समाचार


ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

द रियल समाचार     २०७७ फाल्गुन १, शनिबार, ०९: ५७ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गर्न लागेको छ ।

मध्याह्न १२ बजेपछि बुटवल-७ को सिद्धेश्वर माविको प्राङ्गणमा हुने सभालाई प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

आजको सभामा २ लाख मानिस उतार्ने सो समूहले दावी गरेको छ ।ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले रूपन्देही जिल्लाबाट १ लाख र अन्य जिल्लावाट १ लाख गरी जम्मा २ लाख मानिस भेला पार्ने  बताए ।

प्रतिनिधिसभा विघटनको बाध्यात्मक कदम बारे जनतालाई जानकारी दिन आजको आमसभा आयोजना गरिएको ओली समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top