एजेन्सी । दक्षिण एसियामा दश मिनेटको अन्तरालमा दुई भूकम्प गएका छन् । एउटा भूकम्प ताजकिस्तान र अर्को चीनको सिचुवानमा गएको हो ।
नेश्नल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ भने अमेरिकी भौगर्भिक सर्भेले चीनको अर्को भूकम्प ५.९ म्याग्निच्युटको रहेको जनाएको छ ।
ताजकिस्तानमा क्षति भए/नभएको विवरण आइसकेको छैन । भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म महसुस गरिएको थियो । अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद लाहोरमासमेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
भूकम्पका कारण कश्मीरका कयौं घरहरु चर्किएको र पन्जाबको अमृतसरमा एक घर भत्किएको बीबीसीले जनाएको छ ।
यता, पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले भने भूकम्पका कारण कुनै प्रकारको क्षति बारे अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन् ।
जम्मु कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गरेर सन् २००५ पछि यसप्रकारको धक्का पहिलोपटक महसुस गरिएको बताए ।
प्रतिक्रिया