रौतहट । रौतहटमा महिलाको विषयमा विवाद हुँदा चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दुई युवक घाइते भएका छन् ।
गौर नगरपालिका–७ सिसवा टोलमा चक्कु प्रहार हुँदा गौर–१ का सुरेश दास र अनिल दास घाइते भएका हुन् । गएराति स्थानीय राम सोगारथ पासवान ती महिलाको घरमा प्रवेश गर्न खोज्दा महिलाले फोन गरी आफन्तहरु बोलाएपछि पासवानका छोरासहितका आफन्तले महिलाका दुई भाईलाइ चक्कु प्रहार गरेका हुन् ।
श्रीमान वैदेशिक रोजगारीमा रहेका ती महिलाले छिमेकी पुरुषले दुःख दिएको भन्दै आफन्तलाई फोन गरेकी थिइन् । राम सोगारथका छोरा राजु पासवान, आफन्त बालदेव पासवान, विसु पासवान, राजन पासवान र विकास पासवानले चक्कु प्रहार गरेको महिलाले बताइन् । गम्भीर घाइते दुवै युवकको गौर अस्पतालमा उपचार भइरहेको छ ।
चक्कु प्रहार गर्ने व्यक्तिहरु फरार रहेको र उनीहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए ।
तस्बिर : अनलाइनखबर
प्रतिक्रिया