जनकपुरधाम । नेपालमा अति न्यून संख्यामा रहेको अत्यन्त पिछडीएको जाति पत्थरकट्टा भन्ने थेवई जातिको पुख्र्यौली जांतो, सिलौटा, लोह्रा बनाउने पेशा संकमा परेर उनीहरु चिन्तामा परेका छन् ।
बढ्दो आधुनिकतासंगै समाजमा औद्योगिकरणमा भएको आमूल परिवर्ततनपछि गाउँका टोल टोलमा आंटो पिध्ने मिल र मसला पिंध्ने ग्राइण्डिङ्ग मेशीन छ्याप्छ्याप्ति भएकाले सिलौटा, लोह्रा, जाँतो बनाउने पुख्र्यौली पेशा गर्दै आएका पत्थरकट्टा जातिको पेशा सांच्चिकै संकटमा परेको देखिन्छ ।
उनीहरुले भारतको विन्ध्याचल, जयपुर र राजस्थान लगायतका स्थान र नेपालका पनि केही स्थानबाट कालो र गहुंगोरो पत्थर आयात गरेर तथा ओसारेर ल्याईएका गुणस्तरीय पत्थरबाट जाँतो, सिलौटा र लोह्रा बनाउने गर्दछन् । एउटा सिलौटा, लोह्रा अथवा जाँतो बनाउन दिनभर समय लाग्ने गरेको पेशाकर्मी संजय थेवईले बताए ।
एउटा लोह्रा, सिलौटाको मूल्य ४ सयदेखि ६ सयसम्म र जाँतोको मूल्य १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्रि हुने गरेकोमा परल मूल्य पनि उपर नहुने गरेकाले आफूहरुलाई बढि मार्का परेको उनी बताउँछन् ।
घोडामा बोकेर गाउँटोल चहारेर तथा पसल थापेर यी सामग्रीहरु बिक्रि गर्दै आएको तर अत्याधुनिकतासँगै निस्तेज र टाट पल्टिदैं गरएको उनीहरु बताउँछन् । नेपालमा पत्थरकट्टा भन्ने थेवई जातिको संख्या मात्र दुई सय घरधुरी रहेको छ ।
प्रतिक्रिया