ताजा समाचार


आईतबारदेखि स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका पत्रकारलाई कोरोनाविरूद्धको खोप लगाइने

द रियल समाचार     २०७७ माघ ३०, शुक्रबार, १८: ०८ मा प्रकाशित




काठमाण्डौ । सरकारले आईतबारदेखि स्थानीय तहका जनप्रतिनिधिहरुलाई कोरोनाविरूद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले सरकारले आईतबारदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाउने तयारी गरेको जानकारी दिए । उनले ७७ वटै जिल्लाका सबै सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारीलाई पनि खोप लगाइने बताए ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने अन्य कर्मचारीले पनि उक्त समयमा खोप लगाउन सकिने गौतमले जानकारी दिए । डा. गौतमले सबै जिल्लाका पत्रकारहरूलाई पनि आईतबारबाटै खोप लगाउने कार्यक्रम रहेको बताए । अन्य व्यक्तिको हकमा भने चाँडै खोप आउने र सोही अनुसार यथाशिघ्र लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाविरूद्धको खोपको दोस्रो चरणको अभियान अन्तर्गत सरकारले अहिले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरूलाई खोप लगाइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top