जनकपुरधाम । धनुषामा आफ्नो कोठामा बोलाई पैसा लिएर जबर्जस्ती करणी गराउने महिला सहित युवक पक्राउ परेका छन् ।
जिल्लाको लक्ष्मीनिया गाउँपालिकास्थित डेरा लिएर बस्दै आएकी मुस्कान खातुनले घरबेटीका १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवबाट आफ्नै कोठामा बोलाई पटक पटक जबर्जस्ती करणी गराएपछि बालिका गर्भवती भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा दुबैजनालाई सार्वजनिक गरिएको छ । प्रहरीलाई दिएको बयान अनुसार खातुनले बालिकालाई आफ्नै कोठामा सुताउने गरेकोमा असार महिना देखि कार्तिक महिनासम्म यादवसँग पैसा लिएर जबर्जस्ती करणी गराएका थिए । सोही क्रममा बालिका गर्भवती भएको प्रहरी उपरिक्षक रानाभाटले बताए ।
बालिका गर्भवती भएपछि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । दुबैजनालाई बिहीबार लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रानाभाटले बताए ।
गर्भवती बालिकाको गर्भपतन गराउने अथवा नगराउने सम्बन्धमा परिवारजनले अहिले निर्णय नलिएको समेत उनले बताए ।
प्रतिक्रिया