काठमाण्डौ । मुलुकभर महिलाहरुमाथि भइरहेका जबर्जस्ती करणीसहितका हिंसाका घटनाविरुद्ध काठमाण्डौमा मार्चपास गरिएको छ ।
बृहत् नागरिक आन्दोलनले काठमाण्डौको वसन्तपुरदेखि सिंहदरबारसम्म मार्चपास गरेको हो । महिलामाथिका हिंसा र विदेभविरुद्ध प्रतिकात्मक शव र मलामीसहित मार्चपास गरिएको छ ।
महिलामाथि निरन्तर हिंसा बढिरहँदा पनि सरकारले दोषीहरुलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै मार्चपासमा सहभागीहरुले आक्रोश पोखेका छन् । मार्चपासमा सहभागीहरुले न्याय चाहियो, महिला हिंसा अन्त्य गर जस्ता नारा लगाएका थिए ।
मार्चपासमा अधिकांश सहभागी महिला र किशोरीहरु छन् । हिंसा र बलात्कारविरुद्ध आवाज उठाउँदै प्रतिकात्मक शव र मलामीसहित उनीहरुले वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरेका हुन् ।
प्रतिक्रिया